काठमाडौं । काठमाडौं उपत्यकाका ५३ ठाउँमा आज (शनिबार) ६ घण्टासम्म विद्युत सेवा प्रभावित हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार, सबस्टेसन मर्मतका क्रममा उपत्यकाका विभिन्न ८ फिडरबाट ५० भन्दा बढी स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । प्राधिकरणका अनुसार सितापाइला फिडरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म सेवा अवरुद्ध हुनेछ ।…