Logo

निफ्रालाई राष्ट्र बैंकको कडाई, ग्राहक पहिचानमा चनाखो बन्दै ऋण लगानी गर्न निर्देशन

निफ्रालाई राष्ट्र बैंकको कडाई, ग्राहक पहिचानमा चनाखो बन्दै ऋण लगानी गर्न निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट«क्चर बैंकलाई कडाई गरेको छ । शुक्रबार पूर्वाधार विकास बैंकका लागि जारी गरिएको एकिकृत निर्देशनमा संशोधन गर्दै केन्द्रिय बैंकले ऋण लगानी गर्दा ग्राहक पहिचानमा विशेष जोड दिन निर्देशन दिएको हो ।

laxmi

राष्ट्र बैंकले पुर्बाधार विकास बैंकलाई ५० करोडभन्दा माथिको कर्जा दिँदा कर्जा लिने व्यक्ति वा संस्थाको क्रेडिट रेटिङ रेटिङ एजेन्सीबाट गरिएको हुनुपर्ने व्यवस्था गरेको छ । ‘पूर्वाधार विकास बैंकलले ५० करोड रुपैयाँ वा सो भन्दा बढीको कर्जा उपयोग गर्ने ऋणीलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणी संस्थाको क्रेडिट रेटिङ्ग एजेन्सीबाट गरिएको रेटिङ्गलाई कर्जा मूल्याङ्कनको आधारको रुपमा लिनुपर्ने छ ।’ राष्ट्र बैंकले शुक्रबार जारी गरेको निर्देशिका भनिएको छ ।

यसैगरी, यस बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको वेबसाईटमा रहेको युनिक डकुमेन्ट आइडेन्टीफीकेसन नम्बर (युडिआइएन) पेश गरिएको विवरण यथार्थ रहेको यकिन गरेको व्यहोरा कर्जा फाइलमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । यसैगरी, पूर्वाधार विकास बैंकले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकीन गरेर मात्र खाता खोल्नसमेत निर्देशन दिएको छ । यसरी खाता यकिन गर्दा यस वापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

नेपाल राष्ट्र बैंक वा अन्य निकायहरुले खाता रोक्का÷फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्दतिको आधारको रुपमा लिनु पर्ने निर्देशन पनि दिएको छ । ‘कुनै व्यक्ति वा संस्थाको प्रथमपटक खाता खोल्दा माग गरिएका सम्पूर्ण विवरणहरु सहित संस्थाको हकमा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण प्रत्येक पटक ग्राहक पहिचान गर्दा सम्बन्धित ग्राहकको जोखिमको आधारमा मात्र माग गर्ने गरी ग्राहक पहिचान सम्बन्धी व्यवस्थाको कार्यान्वयन गर्नुपर्नेछ ।’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।

[googleapps domain=”drive” dir=”file/d/1asYrcKCWyTHD-rYS63-qi0HPxKOKcUzi/preview” query=”” width=”100%” height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL