Logo

कामना सेवा बिकास बैक र टि थ्री थकालीबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट

कामना सेवा बिकास बैक र टि थ्री थकालीबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट



काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकाली ग्रुप प्रालिबीच सम्झौता भएको छ । बिहीबार यी दुई निकायबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।

laxmi

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकहरुले एयरपोर्ट, सिनामङ्गल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL