काठमाडौं । परराष्ट्रमन्त्रालय अन्तर्गतको राहदानी विभागले पासपोर्ट वितरणमा लाइभ इनरोलमेन्ट सिस्टम थाल्ने भएको छ । विभागले पासपोर्ट वितरण सहज बनाउन यस्तो प्रणाली लागु गर्न लागेको हो । यो सिस्टमबाट अनलाइनमै फारम भरेर सहज रुपमा विभागमा पठाउन सकिने विभागले जानकारी दिएको छ । पहिलो साता परीक्षणका रूपमा सरकारी र कूटनीतिक पासपोर्ट लाइभ इनरोलमेन्ट प्रणालीबाट बनाइनेछ ।…