काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पछिल्लो समय उद्योगीहरु उद्योग स्थापना भन्दा पनि ट्रेडिङ तिर डाइभर्ट हुन बाध्य हुनुपरेको बताए । अहिलेको परिस्थितीले गर्दा उद्योगीहरु ब्यापारमा लाग्न बाध्य भएको उनको भनाइ छ । ‘उद्योग दर्तादेखि खारेजीमा समेत समस्या हुन्छ,’ उनले भने, ‘उद्योगीलाई ब्यापारमा लाग्नुको विकल्प छैन ।’ उद्योगको समस्या कसले सम्बोधन गर्छ…