काठमाडौं । एनआईसी एशिया बैंकले अपांगता भएकाहरुलाई सहयोग गर्ने भएको छ । स्यूचाटारस्थित ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रमा आश्रित शारीरिक रुपमा असक्षम अनाथ बालबालिकाहरुका लागि दैनिक रुपमा आवश्यक पर्ने खाद्य पदार्थहरु (खानेकुरा) मासिक रुपमा आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बैंकले आफ्नो देश भरी फैलिएको १२५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न…