कुनै पनि बयस्क दम्पत्तीले एक बर्षसम्म नियमित परिवार नियोजनको साधन प्रयोग नगरी यौनसम्पर्क गर्दा पनि गर्भ नरहनु बाँझोपन हो । सामान्यतया नेपालमा यस विषयमा राम्रो ज्ञान भएको पाईँदैन । यस्ता किसिमका समस्या लिएर डाक्टरकहाँ जाँदा स्पष्ट रुपमा खुल्नु पर्दछ अथवा सबै खुलस्त बोल्नुपर्दछ । जसको कारण डाक्टरलाई उनीहरुको समस्याको बारेमा विस्तृत रुपमा जान्न मद्दत पुग्दछ…