काठमाडौं । साझा यातायातको टिकट अनलाइनबाटै लिन सकिने भएको छ । लामो बाटोमा जाने यात्रुहरुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु गरेको हो । अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जानकारी दिएको छ ।…