काठमाडौं । सरकारले बढीभन्दा बढी व्यवसाय तथा व्यक्तिलाई करमा समावेश गराउने गरी सातौं कर दिवस मनाउने भएको छ । आगामी ५ बर्षभित्र ३० लाख करदाता पुर्याउने लक्ष्यसहित यस पटकको कर दिवस मनाउन लागिएको आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार हालसम्म व्यवसायिक फर्म र व्यक्तिगत गरी कुल १८ लाख करदाता रहेका…