काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । कमर्शले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका जेहेन्दार छात्रा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्तिमा छनौट परेका विद्यार्थीहरुमा संखुवासभाबी अनु पौडेल, इटहरीकी मेनुका गुरुङ, रौतहटकी सुप्रया ठाकुर, दोलखाकी अन्वेषा खड्का र…