Logo

नेपाल चेम्वर अफ कमर्शद्वारा ५ जनालाई छात्रवृत्ति, आगामी बर्षदेखि सबै प्रदेश समेट्ने

नेपाल चेम्वर अफ कमर्शद्वारा ५ जनालाई छात्रवृत्ति, आगामी बर्षदेखि सबै प्रदेश समेट्ने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

कमर्शले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका जेहेन्दार छात्रा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्तिमा छनौट परेका विद्यार्थीहरुमा संखुवासभाबी अनु पौडेल, इटहरीकी मेनुका गुरुङ, रौतहटकी सुप्रया ठाकुर, दोलखाकी अन्वेषा खड्का र काठमाडौंकी कृटिना श्रेष्ठ रहेकी छिन ।

आगामी वर्षदेखी सबै प्रदेशको प्रतिनिधि हुने गरी छनौट गर्ने व्यवस्था गरिएको चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितीका अध्यक्ष दिपक काजी तुलाधरले जानकारी दिएका छन । चेम्बर र एलबिइएफ (लर्डबुद्ध) क्याम्पसबीच भएको समझदारीपत्र अनुसार गठीत छनौट समितिले ५ जना छात्राहरुलाई छनौट गरेको चेम्बरले जनाएको छ ।

छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले एपियुसँग आबद्ध एलबिइएफ (लर्डबुद्ध) क्याम्पस मैतिदेबीमा ३ वर्षे (बिए) बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाएका पाउने भएका छन । प्लस टु वा सो सरह पास गरेका विद्यार्थीहरुले उक्त छात्रवृत्तिको लागि आवेदन दिएको चेम्बर अफ कमर्शले जानकारी दिएको छ ।

उक्त विषय अध्ययनका लागि ५ जना विद्यार्थीहरुले ३ बर्षको अवधिमा ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL