काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ । बैंकले सो अवसरमा विविध कार्यक्रमहरुको आयोजना पनि गर्यो । बैंकले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा विभिन्न सामाजिक उत्तदायित्वका कार्यक्रमहरु गरेको छ । बैंकले सिभिल ट्रेड सेन्टर स्थित मुख्य शाखा सहित अन्य ४१ शाखाहरुमा आज देखि एक महिनाभित्र आयोजना हुने गरी रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।…