Logo

टेलिकमको फोर जी प्रमोशन, पशुपतिदेखि जनकपुर सम्म साईकल र्याल्ली

टेलिकमको फोर जी प्रमोशन, पशुपतिदेखि जनकपुर सम्म साईकल र्याल्ली



काठमाडौं । नेपाल टेलिकमले नेपालभर फोरजी सिम वितरणकार्यलाई तिब्रता दिएको छ । कम्पनीले फोरजी सिम वितरणकार्यलाई तिब्रता दिँदै सिन्धुलीको बिभिन्न स्थानहरुमा उक्त सिम वितरण गरेको जनाएको छ ।

फोरजी सिम परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्दै आईरहेको कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिएकी छिन । सोही अवसरमा सिन्धुलीमा कम्पनीले व्यवसाय प्रवर्द्धन कार्य समेत सम्पन्न गरेको छ ।

गत मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथबाट सुरु भएको साईकल र्याल्ली जनकपुरमा पुगेर सम्पन्न गरेको छ । साईकल र्याल्ली कार्यक्रमसँगै सिन्धुलीको मुलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीयहरुसँग फोरजी सिमको विषयमा अन्तरक्रियात्मक कार्यक्रम समेत गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले पशुपतिनाथ परिसरबाट कम्पनीको लोगो अंकित झण्डा भएको साइकल कुदाएर सो र्याल्लीको सुरुवात गरेका थिए । र्याल्लीमा विश्व साइकल यात्री पुष्कर शाहको समेत सहभागीता रहेको थियो ।

कम्पनीले गरेको साइकल र्यालीका क्रममा मुलकोट र सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा कम्पनीका सेवा छुट र फोरजीको बारेमा स्थानीयहरुलाई स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL