काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनामा नेपालमा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको मंसिरसम्ममा गत आवको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले रेमिट्यान्स बढेर उक्त परिणाममा भित्रिएको हो । गत आर्थिक बर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।…