Logo

भारतले रोक्यो पाकिस्तान जाने चेनाब नदीको पानी

भारतले रोक्यो पाकिस्तान जाने चेनाब नदीको पानी



काठमाडौं । पाकिस्तानसँगको सिन्धु जल सन्धी रद्द गरेको भारतले चेनाब नदीको पानी रोकेको छ।

जम्मुको रामवनमा बनेको बगलिहार बाँधबाट भारतले पानीको प्रवाह रोकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कश्मीरमा किशनगंगा बाँध हुँदै झेलम नदीको पानी रोक्ने योजना पनि भारतले बनाइरहेको समाचारमा उल्लेख छ ।

जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा आतंककारीले आक्रमण गरी २६ जना मारिएपछि पाकिस्तानलाई आरोप लगाउँदै भारतले दशकौं पुरानो सिन्धु जल सन्धी निलम्बन गरेको छ ।

विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धीले १९६० देखि भारत र पाकिस्तानबीच सिन्धु नदी र यसका सहायक नदीहरूको प्रयोगलाई नियमन गरिरहेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्