काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् ।
काठमाडौं स्थित थापाथलीमा (केई शोरुमर हुन्डाई शोरुमको विपरित दिशामा) आगामी वैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुँदैछ । ‘केई एक्सचेन्ज कार्निभल २०८२’ मा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याएको छ ।
सो कार्निभलमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ ।
कार्निभलका मुख्य आकर्षणहरू :
– ग्राहकहरूले यस एक्सचेन्ज योजना अन्तर्गत विशेष अन(द(स्पट सवारी साधन मूल्यांकन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्यांकनमा दुई जनाको लागि क्यूएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्छन् ।
– थप रुपमा बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने छ ।
– प्रत्येक बुकिङको साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई–क्युट सवारी साधन सँग बोश जेट कार वासर र एक्स३ प्रो सवारी साधनको साथ बोश वासिङ मेशिन प्राप्त गर्न सकिने छ ।
– कार्निभलमा पारिवारिक मनोरञ्जन, खेलहरू र संगीत प्रस्तुत गरिनेछ, जहाँ सबै उमेरका लागि रमाइलो र उत्सवपूर्ण मनोरञ्जनात्मक प्रस्तुति हुनेछन् ।