काठमाडौं । काठमाडौं–तराई-मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सकिएको छ । नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको छ । आइतबार नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय…