Logo

एफपीओ र मर्जरमा कर उठाउने सरकारको भुतप्रभावी निर्णय सर्वोच्चद्वारा सदर, बैंक र बीमाबाट ४० अर्व उठ्ने

एफपीओ र मर्जरमा कर उठाउने सरकारको भुतप्रभावी निर्णय सर्वोच्चद्वारा सदर, बैंक र बीमाबाट ४० अर्व उठ्ने



काठमाडौं । मर्जर र एफपीओमा सरकारले कर लगाउन बाटो खुला भएको छ । सर्वाेच्च अदालतले बिहीबार मर्जर एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेपछि यसरी कर उठाउने बाटो खुलेको हो ।

laxmi

सर्वाेच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा कुमार रेग्मीको संबैधानिक इजलासले मर्जर तथा एफपिओमा कर असुल्ने सरकारको निर्णयविरुद्ध परेकाे रि६ खारेज गरेसँगै सरकारकाे उक्त निर्णय सदर भएकाे हो ।

यसअघि सरकारको उक्त निर्णय विरुद्ध परमादेश माग गर्दै बैंकर र बीमकले सर्वाेच्चमा रिट दायर गरेका थिए । यसरी सरकारले कर उठाउन पाएकाे अवस्थामा बजारबाट सरकारलाइ करिव ४० अर्व रुपैयाँ कर उठ्ने बताइएकाे छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकमा सरकारले एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गरेको थियो । यसरी संवैधानिक व्यवस्था विपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्वरको बुँदा बदर गर्न माग गर्दै १६ वाणिज्य बैंकले गत भदौ २९ गते सर्वोच्चको संवैधानिक इजलाशमा संयुक्त रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL