काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपास अब औपचारिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काट्दै ओभरपासको उद्घाटन गरे। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनलगत्तै ओभरपास सवारी आवागमनका लागि खुला गरिएको छ। सुरुमा १२ फागुन २०७८…