काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब बढिको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ८ बर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको कृषि ऋणपत्र निष्काशन गर्न लागेको हो । यस्तो ऋणपत्रका लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।…