Logo

नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीको पदोन्नति

नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीको पदोन्नति



काठमाडौं । नायब महाप्रबन्धक मनोजकुमार ज्ञवालीलाई नबिल बैंकले बैंकको महाप्रबन्धकमा बढुवा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो ।

laxmi

१४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका हुन् । नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ। ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ।

चार्टर्ड एकाउन्टेन्ट ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । कार्यकाल बाँकी छँदै उनले ज्योति छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL