GBIME

बैंकहरुलाई राष्ट्र बैंकको कडा निर्देशन, भन्यो-बढाएको ब्याजदर तत्काल घटाउनु (निर्देशनसहित)


बिजखबर संवाददाता
19 October, 2021 10:30 pm

nepal-rastra-bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले ब्याजदरमा अनावश्यक चलखेल गरेको भन्दै अंकुश लगाइदिएको छ । ११.१० प्रतिशतसम्म ब्याजदर पुर्याएपछि हस्तक्षेप गरेको छ ।

Bajaj
NABIL
YAMAHA

बैंक तथा बित्तिय संस्थाहरुल कार्तिक १ बाट लागु हुने गरे निक्षेपकको ब्याजदर बृद्धि गरेका थिए । तर, ,मंगलवार तीन बुँदे निर्देशन जारी गर्दै निक्षेपको ब्याजदर घटाउने नीतिगत व्यवस्था गरेको हो ।

हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याजदर ११ प्रतिशतभन्दा माथि प्रकाशित गरेका थिए । त्यसका साथै अरु बैंकहरुले समेत १० प्रतिशतसम्म पुर्याएका थिए ।

sarbottam

राष्ट्र बैंकको नयां निर्देशनअनुसार अव बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् । यस्तै व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ ।

साथै, बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाका लागि प्रकाशित भइसकेको ब्याजदर समेत बढी भएको अवस्थामा संशोधन गर्नुपर्नेछ ।

निर्देशन

प्रतिक्रिया दिनुहोस्

MBL