Logo

९ अर्ब ४२ करोडको कृषि ऋणपत्र निष्काशन गरिँदै, डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएलएस क्यापिटल नियुक्त

९ अर्ब ४२ करोडको कृषि ऋणपत्र निष्काशन गरिँदै, डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएलएस क्यापिटल नियुक्त



काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब बढिको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ८ बर्ष अवधिको ६ अर्ब र ९ वर्ष अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रकम बराबरको कृषि ऋणपत्र निष्काशन गर्न लागेको हो । यस्तो ऋणपत्रका लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेञ्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

laxmi

कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रेम कुमार श्रेष्ठ र बरिष्ट शाखा प्रमुख उमेश पंजियार तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७८ असोज २० गते हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL