काठमाडौं । नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) टपेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिवि केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपूरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीमध्ये खरेल सर्वोत्कृष्ट भएका हुन् । खरेललाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्णपदक’ प्रदान गरेका हुन्…