Logo

बैंक अफ काठमाण्डू लिमिटेडको बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक

बैंक अफ काठमाण्डू लिमिटेडको बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके रेमिट बचत खाता तथा मुद्घती खाता सार्वजनिक गरेको छ । आफ्नो विदेशमा रहेको नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको हो ।

“श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहेका नेपाली महानुभावहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्दती खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

विदेशमा बसि श्रम गरिरहेकाहरुले उक्त बचत तथा मुद्घती खाता यस बैंकमा खोल्न सक्ने छन । यस मुद्दती खाता खोल्दा ग्राहकले ११.०५% वार्षिक ब्याजदर पाउनुका साथै बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL