Logo

राष्ट्रिय वाणिज्य बैंक र खल्तीबीच साझेदारी, बैंकका ग्राहकले अब ‘खल्ती’ एप प्रयोग गर्न पाउने

राष्ट्रिय वाणिज्य बैंक र खल्तीबीच साझेदारी, बैंकका ग्राहकले अब ‘खल्ती’ एप प्रयोग गर्न पाउने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । प्रयोगकर्ताहरूलाई सेवा दिन खल्तीले बैंकसँग साझेदारी सम्झौता गरेको हो ।

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब बिना झन्झट ‘खल्ती’वालेट मा रकम राखी सबै प्रकारका भुक्तानी गर्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० विनय खड्काले राष्ट्रिय वाणिज्य बैंकसँग भएको साझेदारीले बैंक तथा वालेटका ग्राहकवर्गलाई सरल र सहज भुक्तानी सेवा मिल्ने दाबी गरेका छन् ।

नेपाली फिनटेक उद्योगमा नवीन पहिचान बनाइरहेको खल्ती एपका प्रयोगकर्ता २० लाख नाघिसकेको छ । यो डिजिटल वालेटमार्फत मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटको बील भुक्तानी गर्न सकिन्छ ।

६० हजारभन्दा धेरै सेवाहरू लिन डिजिटल भुक्तानी व्यवस्था मिलाएको खल्तीले जानकारी दिएको छ । खल्तीले प्रयोगकर्ताहरूलाई क्यास ब्याक तथा छुट लगायत अफरहरू पनि दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL