GBIME

मलेखुमा सानिमा बैंकको शाखा स्थापना, महजोडीले गरे उद्घाटन


बिजखबर संवाददाता
5 January, 2022 9:19 am

sanima bank

काठमाडौं । सानिमा बैंक लिमिटेडले धादिङ मलेखुमा शाखा स्थापन गरी बैंकिङ सेवा प्रवाह थालेको छ । बैंक सञ्चालक बलराम पराजुली एवम् ब्राण्ड प्रर्वद्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् ।

Laxmi
NABIL
Yamaha

मह जोडीले मलेखुमा शाखा स्थापना गरेकोमा बधाई दिँदै सबल तथा विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलता हासिल गर्न शुभकामना दिए । बैंक संचालक बलराम पराजुलीले ग्राहक तथा सरोकारवालाहरूप्रति निरन्तर सहयोग तथा संरक्षण निम्ति कृतज्ञता जनाए ।

सानिमा बैंकले हालसम्म देशभर ११९ शाखा कार्यालय र ९७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL