काठमाडौं । मेगा बैंकले भू सेवा केन्द्र संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई घर, जग्गा, अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य सहज रुपमा उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र संचालनमा ल्याएको हो । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र संचालनमा ल्याईएको बैंकले जानकारी दिएको छ ।…