Logo

बीओकेले ल्यायो चाडपर्व लक्षित २५ प्रतिशतसम्मको नगद फिर्ता योजना

बीओकेले ल्यायो चाडपर्व लक्षित २५ प्रतिशतसम्मको नगद फिर्ता योजना



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

laxmi

यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ ।

यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहकहरुले मात्र नगदफिर्ता पाउनेछन् ।

उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा १५० रुपैयाँ सम्मको नगदफिर्ता पाउनेछन् । यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL