Logo

एनआईसी एशिया बैंकको सञ्चालक बने लम्साल, राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव

एनआईसी एशिया बैंकको सञ्चालक बने लम्साल, राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक रुपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको ५७१ औं बैंठकले आजैदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

laxmi

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण समेत लिएका छन् ।

अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL