Logo

महालक्ष्मी विकास बैंकको महाबचत खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक योजना

महालक्ष्मी विकास बैंकको महाबचत खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक योजना



काठमाडौं । महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्रप्त गर्न सक्नेछन् ।

laxmi

दरबारमार्ग, पुतलिसडक, न्यूरोड (काठमाडौं), भैरहवा र न्यूरोड (कास्कीं) शाखा कार्यालयहरुमा लकरको सुविधा रहेको बैंकले जनाएको छ । हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरु मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL