काठमाडौं । वाणिज्य बैंकहरुले असारमा पनि निक्षेपको ब्याजदर अहिलेकै अकंमा कायम राख्ने भएका छन् । मंगलबार विहान बसेको नेपाल बैंकर्स संघको बैठकले असार महिनाका लागि पनि ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । यससँगै वाणिज्य बैंकहरुले संघले गत वैशाख महिनामा तोकेको ब्याजदरलाई नै निरन्तरता दिने भएका छन् । जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर चलाएका थिएनन्…