Logo

नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १५ प्रतिशतसम्म छुट

नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसंग सम्झौता गरेको छ ।

laxmi

उक्त सम्झौता अन्र्तगत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकबर्गले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन् । हाल सम्म नबिल बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL