Logo

वाणिज्य बैंकहरुले असारमा पनि ब्याजदर स्थिर राख्ने, बैंकर्स संघले गर्यो यस्तो निर्णय

वाणिज्य बैंकहरुले असारमा पनि ब्याजदर स्थिर राख्ने, बैंकर्स संघले गर्यो यस्तो निर्णय



काठमाडौं । वाणिज्य बैंकहरुले असारमा पनि निक्षेपको ब्याजदर अहिलेकै अकंमा कायम राख्ने भएका छन् । मंगलबार विहान बसेको नेपाल बैंकर्स संघको बैठकले असार महिनाका लागि पनि ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

laxmi

यससँगै वाणिज्य बैंकहरुले संघले गत वैशाख महिनामा तोकेको ब्याजदरलाई नै निरन्तरता दिने भएका छन् । जेठमा पनि बैंकहरुले निक्षेपको ब्याजदर चलाएका थिएनन् ।

बैंकर्स संघले बैशाख महिनामा ब्याजदर घटाएर व्यक्तिगत मुद्धति निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्धति निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो । यस्तै बचत खातामा भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

वाणिज्य बैंकहरुले वैशाख १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका थिए । बैंकहरुले निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाएर थिए । अहिले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL