Logo

सिटिजन्स बैंक इन्टरनेशनलको सामाजिक उत्तरदायित्व, अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सहयोग

सिटिजन्स बैंक इन्टरनेशनलको सामाजिक उत्तरदायित्व, अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सहयोग



काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीन वटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ ।

laxmi

बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उदेश्यले गैर नाफामूलक संस्थाकि संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहका बिच सो सामाग्री हस्तान्तरण गरको हो ।

अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउँदै सोही उद्देश्यले सिटिजन्स बैंक इन्टरनेशनलले सहयोग प्रदान गरेकामा धन्यवाद ज्ञापन गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL