Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, अस्पताललाई उपकरण प्रदान

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, अस्पताललाई उपकरण प्रदान



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोशी प्रदेशको रंगेली अस्पताललाई सहयोग गरेको छ । बैंकले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको हो ।

laxmi

गएको शुक्रबार बैंकले आफ्नो प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई एक समारोहका बीच ती सामान प्रदान गरेको हो । उक्त कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पताल विकास समितिका अअध्यक्ष साथै अन्य अस्पताल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसको साथै सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पस लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्र्थीहरुलाई पठनपाठन मा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL