काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को चौथो संशोधनमार्फत गैरआवासीय नेपाली (एनआरएन) तथा सूचना प्रविधि उद्योगसँग सम्बन्धित संस्थाहरुको लगानी प्रक्रियामा उल्लेखनीय सहजता ल्याएको छ। संशोधित विनियम अनुसार अब गैरआवासीय नेपालीले संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीमा आवेदन दिने प्रयोजनको लागि विदेशी लगानीको स्वीकृति नलिइकनै रकम नेपाल ल्याउन सक्नेछन्। रकम भित्रिएपछि…