Logo

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता, नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानी सहज

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता, नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानी सहज



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता भएको छ । एनसीएचएलको एनपीएस एनसीएस तथा डोमेस्टीक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपाल पे क्यूआरमा अन्तरदेशिय भुक्तानीका लागि दुई निकायबीच सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनसीएचएलले हालै एनपीएस एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस एनसीएस र नेपालपे कार्डआवद्ध भइरहेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एक्सेल डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्