काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छन् । उनी आफूविरुद्धको भ्रष्टाचार मुद्दामा बयान दिन अदालतमा उपस्थित भएका हुन् । ३५ दिनअघि अख्तियारले अर्यालविरुद्ध राजस्व विभागको अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर…