काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ९ सयले उकालो लागेको छ । बुधवार तोलाको ५८ हजार ४ सयमा कारोवार भएको सुन आज ५८ हजार ९ सय पुगेको हो । त्यस्तै विहीवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी ८ सय ९० मा पुगेको छ…