Logo

जीडीपीमा उद्योगको योगदान बढाउन बजेटमा नयाँ कार्यक्रम, यस्ता छन् १८ ‘आइडिया’

जीडीपीमा उद्योगको योगदान बढाउन बजेटमा नयाँ कार्यक्रम, यस्ता छन् १८ ‘आइडिया’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुल ग्राह्स्थ्य उत्पादन (जीडीपी) मा उद्योगको योगदान बृद्धि गर्न उद्योग मन्त्रालयले विभिन्न नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । देशमा उद्योग कलकारखानको क्षमता अभिबृद्धि तथा नयाँ प्रविधि भित्र्याउन मन्त्रालयले अब आउने बजेटमा विभिन्न १८ नयाँ कार्यक्रम ल्याउने भएको छ ।

मन्त्रालयले आज एक पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम सार्वजनिक गरेको छ । जसमा चीन भारतको सीमा नाकामा विशेष आर्थिक क्षेत्र (सेज) को स्थापना, निर्यात प्रवद्र्धन केन्द्र खोल्ने तथा निजी क्षेत्रको लगानीमा एकल बस्तु उत्पादनका गर्ने उद्योगको हब तयार गर्न सरकारले पूर्वाधार विकासमा जोड दिने भएको छ । विशेषगरी छाला तथा जुत्ता उद्योग र बिजुलीका सामग्री उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिने भएको छ ।

यसैगरी खानी स्थलसम्म पहुँचमार्ग स्थापना गर्न घोराही, होङ्सी, पाल्पालगायतका सिमेन्ट उद्योगलाई विशेष प्राथमिकता दिने भएको छ । यसैगरी, भुकम्पीय तथा भौगर्भिक विज्ञान टावर निर्माण, त्रिपुरेश्वरमा प्रशासनिक हब बनाउन काठमाडौं टावरको निर्माण, अल्लो प्रशोधन गरी धागो गलैचा उद्योगलाई विस्तार गरी वार्षिक २५ अर्ब रुपैयाँको गलैचा निर्यात गर्ने लक्ष्य लिएको छ । जसका लागि आगामी आवमा १ सय वटा मेशिन वितरण गरिने भएको छ ।

मन्त्रालयले नेपाल उद्योग परिसंघको माग बमोजिम काठमाडौं उपात्यका तथा अन्य स्थानमा इन्ड्रष्टियल सेन्टर फर एक्सिलेन्ट स्थापनाको लागि १५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । साथै प्रादेशिक रुपमा औद्योगिक स्मार्टसिटी स्थापना गर्ने समेत उक्त योजनामा उल्लेख छ ।

यस्ता छन् १८ योजना

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL