काठमाडौं । बिहानदेखि बन्द भएको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को वेवसाईट अहिलेसम्म संचालनमा आउन सकेको छैन । नेप्सेको कनेक्सन रहेको सिंहदरवार स्थित फाइवरमा समस्या आएपछि वेवसाईट संचालनमा ल्याउन नसकिएको नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले जानकारी दिए । ‘हामीलाई प्राविधिक टोलीले केही समय अघि नै आधा घण्टाभित्र बन्छ भनेका थिए,’ उनले भने, ‘तर, अहिलेसम्म संचालनमा आउने सकेको छैन…