नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक\एक रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगम प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए…