काठमाडौं । कागजातविहीन १० नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बुधबार बिहान करिब १० बजे विमानास्थलमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हहो । अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार उनीहरूलाई फिर्ता पठाएको हो…