Logo

सुविसु केबल नेटको कार्यालयमा आगलागी

काठमाडौं । बालुवाटारस्थित सुविसु केबल नेटवर्कको कार्यालयमा भीषण आगलागी भएको छ । मंगलबार दिउँसो आगो लागेपनि आगो लाग्नुको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । आगो निभाउन १५ वटा दमकल प्रयोग गरिएका छन् । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी आगलागी भएको ठाउँमा पुगेर निभाउने प्रयास गरिरहेका महानगरीय प्रहरी बृत्त महाराजगंजले जानकारी दिएको छ ।