काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले डोलेश्वर क्षेत्रलाई देशकै नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा सोमबार पुगेका मन्त्री भट्टराईले यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन । उनले यसका लागि आफ्नो तर्फबाट संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमार्फत…