काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको मीनभवनमा रहेको भिएस निकेतन विद्यालयमा एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा विद्यालयका उबिन पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन । उक्त सेवा मार्फत विद्यालयका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका आमजनताले एटिएम सेवा लिन सक्ने बैंकको विस्वास रहेको छ…