काठमाडौँ(जस)– कतारले नेपाललगायतका १४ मुलुकबाट आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ । नेपालमा उडान गरिरहेको कतार एयरवेजले भने कुनै पनि उडान रद्द नगरेको प्रष्ट पारेको छ । यस्तै कतार एयरवेजले बुकिङ गरिसकेका यात्रुहरूका लागि विशेष प्याकेज ल्याएको छ । एयरलाइन्सले जुन २०२० सम्मका लागि यस्तो ट्राभल ट्रिप परिवर्तन गर्न चाहनेहरूका लागि निस्शुल्क सेवा ल्याएको…