Logo

कतार एयरवेजको विशेष प्याकेज, बुकिङ निशुल्क पछि सार्न सकिने

कतार एयरवेजको विशेष प्याकेज, बुकिङ निशुल्क पछि सार्न सकिने



काठमाडौँ(जस)– कतारले नेपाललगायतका १४ मुलुकबाट आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ । नेपालमा उडान गरिरहेको कतार एयरवेजले भने कुनै पनि उडान रद्द नगरेको प्रष्ट पारेको छ । यस्तै कतार एयरवेजले बुकिङ गरिसकेका यात्रुहरूका लागि विशेष प्याकेज ल्याएको छ ।

एयरलाइन्सले जुन २०२० सम्मका लागि यस्तो ट्राभल ट्रिप परिवर्तन गर्न चाहनेहरूका लागि निस्शुल्क सेवा ल्याएको हो । त्यस्तै टिकटसँग ट्राभल भौचर पनि साट्न पाइने छ । यस्तो सुविधा पाउनका लागि कम्तीमा उड्ने मितिभन्दा तीन दिन अघि हुनुपर्ने छ ।

कोरोना भाइरस(कोभिड १९)का कारण विश्वव्यापी ट्राभल प्रभावित भएको भन्दै एयरलाइन्सले यो अफर ल्याएको जानकारी दिएको छ । एयरलाइन्सले नेपालबाट गएका यात्रुलाई कतारको अध्यागमन पार गर्न नदिए पनि ट्रान्जिटको कुनै समस्या नहुने प्रष्ट पारेको छ ।

नेपालबाट कतार जाने यात्रुलाई मात्र रोक लागेको तर दोहा हुँदै तेस्रो मुलुक जाने यात्रुका लागि कुनै असर नपर्ने एयरलाइन्सले बताएको छ । कतार एयरवेजले काठमाडौंमा दैनिक ३ उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL