काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । पोखरा–१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित पानीको नमुना लिई प्रयोगशालामा परीक्षण गर्दा कोलीफर्म भेटिएको जानकारी दिँदै कार्यालय प्रमुख शिवजी बरालले शुक्रबार…